लाभांश घोषणा सहित सगरमाथा जलविद्युतले बोलायो साधारण सभा

Oct 25, 2024 10:52 AM Merolagani



सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते, सोमबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।