गैरआवासीय नेपाली संघ,एनआरएनएको ‘ग्लोबल’ सम्मेलन शुरू

Oct 27, 2024 11:29 AM Merolagani



‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन शुरू भएकाे छ । सम्मेनलकाे उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्दै छन् ।

सम्मेलनमा स्वदेश तथा विदेशका गरी पाँच सयभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ । सम्मेलनमा सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

पहिलो दिन आज नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन भोलि राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवद्र्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

 




comments powered by Disqus

वाणिज्य बैंकहरुको खुद नाफा साढे २१ प्रतिशत बढ्यो, कुन बैंकले कति कमायो?

Oct 23, 2024 08:52 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो।