पहिलो त्रैमासमै परे २ बैंक राष्ट्र बैंकको कारवाहीमा

Oct 23, 2024 10:54 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन्। राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई बैंकलाई केन्द्रिय बैंकले कारवाही गरेको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ।

यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।