अब लाइसेन्स बाेकेर हिँड्नु नपर्ने

Oct 20, 2024 01:18 PM Merolagani



आइतबारदेखि लाइसेन्स बाेकेर हिँड्नुपर्ने बाध्यताकाे अन्त्य भएकाे छ । आजदेखि नागरिक एपमा नै डिजिटल लाइसेन्स देखाए हुने भएकाे हाे । नागरिक एपको डिजिटल लाइसेन्सलाई बागमती प्रदेश सरकारले मान्यता दिएपछि अब डिजिटल लाइसेन्सले काम गर्ने भएकाे हाे ।

नागरिक एपमा नयाँ अपडेट आएसँगै लाइसेन्स लिङ्क गरिएको छ जसको तल क्यूआर कोड देख्न सकिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि असोज १८ गते नै ट्राफिक प्रहरीहरूलाई लाइसेन्स स्क्यान गर्ने विशेष किसिमका स्मार्टफोन दिएको थियो । साेहि अनुरूप हाल ट्राफिक प्रहरीलाई ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन दिइएको छ ।

अब चालकको एपमा देखिने क्यूआर कोड खटिएका ट्राफिक प्रहरीले उक्त स्मार्टफाेनमा स्क्यान गरेमा चालकको सबै विवरण देखिनेछ। चालकले सवारी नियम उलङ्घन गरेकाे ट्राफिक प्रहरीले पाएमा एपबाटै उनीहरूले चिट काट्न सक्नेछन् ।

जसपश्चात, चालकले ईसेवा वा खल्ती लगायतका डिजिटल वालेटबाट जरिवाना तिर्न सक्नेछन् । डिजिटल वालेट नभएमा भने चालकले चिट नम्बर आफ्ना आफन्त वा साथीभाईलाई पठाएर भुक्तानी गर्न सकिन्छ ।

तर चालकले जरिवाना नतिरेमा भने एपमा क्यूआर कोड देखिनेछैन । तर सवारी नियम उल्लङ्घन गर्दा कक्षा नै लिनुपर्ने अवस्था भएमा अनलाइनमार्फत् कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको छ। हाल याे व्यवस्था काठमाडौं उपत्यकामा सुरु भइसकेकाे छ भने उपत्यका बाहिर पनि छिट्टै लागू हुँदैछ।

यद्यपि, नागरिक एप नचलाउनेहरूले भने उनीहरूले भौतिक लाइसेन्स नै देखाउनु पर्ने हुन्छ । यसरी, पुरानै निय अनुसार यस्ता चालकहरूले ट्राफिक नियम उलङ्घन गरेमा प्रहरीले लाइसेन्स नै लिनेछन् । त्यसरी, चालकले उक्त लाइसेन्स लिनका लागि चालकले ट्राफिक कार्यालयमा नै पुग्नुपर्ने हुन्छ । 




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।