फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM Merolagani



वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।

असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो।

२० मध्ये १० वाणिज्य बैंकहरुले यस्तो खाताको ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। त्यस्तै, यस्तो खातामा ९ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एक वाणिज्य बैंकहरुले ब्याजदर बढाएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन्। यी दुबै बैंकहरुले ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ। सो बैंकले यस्तो निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको हो।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।