अझै घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

Sep 16, 2025 09:10 AM Merolagani



वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ।

भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। समीक्षा अवधिमा बैंकहरुको यस्तो ब्याजदर ०.११ प्रतिशतविन्दु घटेको हो।

२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर घट्न पुगेको हो। भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ।

असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाएका हुन्। यी दुई बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले अधिकतममा ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत रहेको छ। एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन्।

बैंकको संस्थापक मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशतविन्दु घटेको छ। ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। १३ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।