सुनको मूल्यमा भारि वृद्धि, निरन्तर तेस्राे दिन नयाँ रेकर्ड

Oct 18, 2024 10:36 AM Merolagani



कात्तिक २ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी बुधबार सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर तेस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । बिहीबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।