सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Sep 20, 2024 10:54 AM Merolagani



शुक्रबार सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी एक हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।




comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।