नेप्से १५ प्रतिशतले घट्दा झन्डै ५० प्रतिशतले घट्याे नेपाल फाइनान्स, उच्च मूल्यबाट धेरै घट्ने यी हुन ३० कम्पनीहरु

Sep 18, 2024 06:05 AM Merolagani



पछिल्लो स्वीङ हाइबाट नेप्से परिसूचक १५ प्रतिशतले घट्दा समूहगत सूचक भने अधिकतम २४.७२ प्रतिशतसम्मले घटेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै फाइनान्स समूह २४.७२ प्रतिशत र सबैभन्दा कम म्युचुएल फन्ड समूह १.०३ प्रतिशतले घटेको छ ।

त्यस बीचमा अन्य समूह २०.२९ प्रतिशत, उत्पादनमूलक समूह १९.०३ प्रतिशत, होटल समूह १९.४६ प्रतिशत, बैकिङ १७.३३ प्रतिशत, हाइड्रोपावर समूह १७.६७ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह १७.३३ प्रतिशत, डेभलपमेन्ट बैंक समू १६.६१ प्रतिशत, इन्भेष्टमेन्ट समूह १६.३४ प्रतिशत, ट्रेडिङ समूह् १५.७० प्रतिशत, माइक्रोफाइनान्स समूह १४.२२ प्रतिशत र नन लाइफ इन्स्योरेन्स समूह १२.९३ प्रतिशतले घटेको छ ।

समग्र शेयर बजार मापक नेप्से परिसूचक १५ प्रतिशतले र समूहगत परिसूचक अधिकतम २४.७२ प्रतिशतले घट्दा केही कम्पनीहरु भने झन्डै ५० प्रतिशतले घटेको छ । मेरो लगानीले पछिल्लो तीन महिनाको इन्ट्रा डे उच्च मूल्यबाट सोमबारको अन्तिम मूल्यको आधारमा सबैभन्दा धेरै घटेको ३० वटा कम्पनीहरुको सूची निकालेको छ । त्यसमा सबैभन्दा धेरै मूल्य घटेका कम्पनीहरु हाइड्रोपावर १३ वटा, माइक्रोफाइनान्स ८ वटा, फाइनान्स ६ वटा, होटल २ वटा र डेभलपमेन्ट बैंक १ वटा परेका छन्। ३० वटा धेरै घटेका कम्पनीमध्ये सबैभन्दा मूल्य घटेको कम्पनी नेपाल फाइनान्स रहेको छ ।

विगत ३ महिनाको सबैभन्दा उच्च मूल्यबाट नेपाल फाइनान्सको शेयर ४७.९९ प्रतिशत घटिसकेको छ। साे कम्पनीको शेयर मूल्य २६ सय १४ रुपैयाँ ९० पैसासम्म पुगेकोमा सोमबारसम्म घटेर १३ सय ६० रुपैयाँमा अन्तिम कारोबार भयो ।

त्यसपछि उच्च मूल्यबाट धेरै मूल्य घट्ने कम्पनीमा सगरमाथा जलविद्युत कम्पनी परेको छ । कम्पनीको शेयर मूल्य पछिल्लो ३ महिनाको उच्च मूल्य अर्थात ८ सय रुपैयाँबाट ३५.५० प्रतिशत घटेर सोमबार ५ सय १६ रुपैयाँमा कारोबार भयो । त्यस्तै मान्डु हाइड्रोपावर १४ सय ९३ रुपैयाँसम्म कारोबार भएकोमा सोमबार ३५.१७ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत ७ सय ३५ रुपैयाँसम्म पुगेकोमा सोमबारसम्म ४ सय ७८ रुपैयाँसम्म झरेको छ ।

माइक्रोफाइनान्समा सबैभन्दा धेरै घटेको कम्पनीमा हिमालयन लघुवित्त रहेको छ । १४ सय ४७ रुपैयाँको उचाईसम्म पुगेको कम्पनी सोमबार बजारबन्द हुँदा ९ सय ४२ रुपैयाँमा अन्तिम कारोबार भयो । गणपति माइक्रोफाइनान्स २३ सय २७ सम्मको उच्च मूल्यमा कारोबार भएकोमा सोमबार बजार बन्द हुँदासम्म ३१.२४ प्रतिशतले घटेर १६ सय रुपैयाँमा अन्तिम कारोबार भयो । आरम्भ चौतारी १४ सय ९१ रुपैयाँसम्म पुगेकोमा अहिले घटेर १ हजार ३१ रुपैयाँमा अन्तिम कारोबार भयो ।

त्यसैगरी ग्लोबल आईएमई लघुवित्त १८ सय १५ रुपैयाँसम्म कारोबार भएकोमा अहिले ३० दशमलब ६३ प्रतिशतले घटेर सोमबार १२ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो । समता घरेलु लघुवित्त १२ सय ७१ रुपैयाँसम्म कारोबार भएकोमा नेप्सेको घटाइसँगै अहिले घटेर ९ सय रुपैयाँमा अन्तिम कारोबार भयो । त्यस्तै फस्ट माइक्रोफाइनान्स १ सय ४ रुपैयाँमा ७ सय १५ रुपैयाँमा आउँदा २८.५४ प्रतिशतले घटेको छ ।

फाइनान्स कम्पनीहरुमा नेपाल फाइनान्ससँगै जानकारी फाइनान्स उच्च विन्दुबाट ३३.५२ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स ३२.९५ प्रतिशत, गुडवील फाइनान्स ३० दशमलब १६ प्रतिशत र सेन्ट्रल फाइनान्स २८.५४ प्रतिशतले घटेको छ ।

हाइड्रोपावर समूहमा मान्डु र मैलुङ खोलापछि मन्दाकिनी, माथिल्लो मैलुङखोला, थ्री स्टार, पिपल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, सिक्लेस हाइड्रोपावर, तेरहथुम पावर, युनाइटेड इडी मार्दी आरबी हाइड्रोपावर सबैभन्दा धेरै मूल्यले घटेका छन् ।

होटल समूहमा चन्द्रागिरी हिल्स र सिटी होटल्सको शेयर मूल्य तथा डेभलपमेन्ट बैंकमा शाइन डेभलपमेन्ट बैंक सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा छन् ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।