सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

Jul 07, 2024 10:45 AM Merolagani



असार २३ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

यस दिन छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले यस दिन एक हजार रुपैयाँ बढेर नयाँ अलटाइम हाइ बनाएका हो। यस दिन तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।