सबैभन्दा धेरै कारोबार हुने हाइड्रोपावर समूहमा प्रति शेयर आम्दानी १० रुपैयाँ भन्दा माथि रहेका कम्पनी ८ वटा मात्रै

Sep 04, 2024 06:18 PM Merolagani



पछिल्लो समय धेरै रकमको कारोबार हुने सेक्टरमा हाइड्रोपावर समूहका कम्पनीहरु अगाडि आउने गरेका छन् । बजार पुँजीकरणमा वाणिज्य बैंक समूहकै बाहुल्यता रहे पनि सूचीकृत कम्पनीहरुको संख्या र कारोबार रकमको आधारमा भने हाइड्रोपावर समूह हरेक दिन अगाडि नै रहने गरेका छन् ।


बुधबार ९०.७३ अंकले बजार घटेर २७ सय ३९ दशमलब ४६ विन्दुमा पुग्दा १२ अर्ब ९२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो त्यसमा झन्डै एक चौथाई अर्थात ३ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार हाइड्रोपावर समूहकाे भएको छ ।

नेप्सेमा सबैभन्दा धेरै कम्पनी सूचीकृत भएको समूह र सबैभन्दा धेरै कारोबार हुने समूह भए पनि हाइड्रोपावर समूहका कम्पनीहरुलाई इन्भेष्टमेन्टको उद्देश्य भन्दा पनि ट्रेडिङ उद्देश्यको लागि लगानीकर्ताहरुले दोस्रो बजारमा खरिद गर्ने गरेका छन् । वास्तवमा हाइड्रोपावर समूहभित्रै पनि नियमित लाभांश दिने कम्पनीहरु थुप्रै रहेका छन् । चिलिमे हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, बुटवल पावरजस्ता हाइड्रोपावर सेक्टरका कम्पनीहरुले नियमित लाभांश दिँदै आएका छन् । गत वर्षको नाफाबाट हाइड्रोपावर क्षेत्रका कम्पनीहरुमध्ये अपी पावर र सुपर माई हाइड्रोपावरले मात्रै लाभांश घोषणा गरेको छ । अपी पावरले ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर गरेर ९ दशमलव ४७ प्रतिशत तथा सुपर माई हाइड्रोपावरले ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश गरेर १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

नेपालको शेयर बजारमा न्यून चुक्ता पुँजी भएका कम्पनीहरु नै लगानीकर्ताको रोजाईमा पर्ने गरेका छन् । न्यून चुक्ता पुँजी भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको चुक्ता पुँजी १२ करोड १९ लाख रुपैयाँ मात्रै रहेकोमा कम्पनीको शेयर मूल्य भने २ हजार रुपैयाँ भन्दा माथि छ ।

गत वर्षको प्रति शेयर आम्दानीको आधारमा ४० वटा हाइड्रोपावर कम्पनीको धनात्मक प्रति शेयर आम्दानी देखिएको छ भने बाँकी ४९ वटा कम्पनीको ऋणात्मक प्रति शेयर आम्दानी देखिएको छ । ऋणात्मक प्रति शेयर आम्दानी भएका हाइड्रोपावर कम्पनीको लाभांश दिने क्षमता कमजो हुन्छ भने धनात्मक प्रति शेयर आम्दानी भएका कम्पनीले सोही आधारमा लाभांश बाँड्ने क्षमता बढी हुन्छ। ९१ वटा कम्पनीमध्ये २ कम्पनीको भने अहिलेसम्म वित्तीय विवरण सार्वजनिक भएको छैन ।

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १० रुपैयाँ भन्दा बढी प्रति शेयर आम्दानी भएको कम्पनी ८ वटा मात्रै रहेको छ । मान्डु हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, सुपर माई हाइड्रोपावर, कुथली बुखारी स्मर हाइड्रोपावर, साहस ऊर्जा, नेपाल हाइड्रो डेभलोपर्स, भगवती हाइड्रोपावर डेभलपमेन्ट र सानि माई हाइड्रोपावर मात्रै १० रुपैयाँ भन्दा बढी प्रति शेयर आम्दानी भएका कम्पनीहरु हुन ।

५ देखि १० प्रतिशतसम्म प्रति शेयर आम्दानी भएका कम्पनीहरुमा कालिका पावर, माउन्टेन इनर्जी नेपाल, रिभर फल्स पावर, भिजन लुम्बिनी ऊर्जा, चिलिमे हाइड्रोपावर, अपि पावर, सिक्लेस हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, राधी विद्युत, बुटपवल पावर र सुमर मादी हाइड्रोपावर रहेका छन् । प्रति शेयर आम्दानी कम भए पनि रिजर्भमा मनग्य रकम भएका हाइड्रोपावर कम्पनीले भने प्रति शेयर आम्दानीभन्दा बढी पनि लाभांश घोषणा गर्न सक्ने देखिएको छ । अहिलेसम्म लाभांश घोषणा गरेको अपी पावर र सुपर माई हाइड्रोपावरमध्ये अपी पावरले प्रति शेयर आम्दानी ७.८९ रुपैयाँ भए पनि ९.४७ प्रतिशत लाभांश घोषणा गरेका हुन । उनले नपुग रकम रिजर्भबाट लिएर लगानीकर्तालाई दिने घोषणा गरेको हो ।

ऋणात्मक प्रति शेयर आम्दानी भएका हाइड्रोपावरको बाहुल्यता

नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये आधा भन्दा बढी कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक देखिएको छ । हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक नै भए पनि अधिकांश कम्पनीको शेयर मूल्य २ सय भन्दा माथि नै रहेको छ । हाइड्रोपावर कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै ऋणात्मक प्रति शेयर आम्दानी माया खोला हाइड्रोपावरको रहेको छ । कम्पनीको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी ३१.६२ रुपैयाँले ऋणात्मक रहेको छ । त्यसैगरी हिमालयन पावर पार्टनरको २४ रुपैयाँ ६२ पैसा, शिवश्री हाइड्रोपावर २४ रुपैयाँ ३० पैसा, बलेफी हाइड्रोपावर २२ रुपैयाँ ९६ पैसा र त्रिशुली जलविद्युत २२ रुपैयाँ ९४ पैसाले ऋणात्मक रहेको छ ।

त्यसैगरी ९ वटा कम्पनीको प्रति शेयर आम्दानी १९ देखि १६ रुपैयाँसम्म र बाँकी कम्पनीहरुको १० रुपैयाँ भन्दा कम ऋणात्मक प्रति शेयर आम्दानी रहेको छ ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।