विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

Jul 13, 2025 11:44 AM Merolagani



असार २९ गते, आईतबार विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

सो शेयरमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत भएको छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले कम्पनीकाे शेयर प्राप्त गरेका छन्।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।