Fri, Nov 22, 2024
असार ३ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य २० रुपैयाँ घटेको हो।
आइतबार तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। संघका अनुसार यस दिन नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
संघका अनुसार यस दिन नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।