सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति?

Sep 06, 2024 10:44 AM Merolagani



भदौ २१ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत भदौ १३ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको हो। सो दिनको मूल्यभन्दा यस दिनको मूल्य १०० रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार भने यस्तो सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। संघका अनुसार यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।