२६००–२६४० सपोर्ट जोनबाट बजार रिभर्सलको सम्भावनाः प्राविधिक विश्लेषण अनुसार लगानीको अवसर

Sep 10, 2024 09:13 AM Merolagani



सूर्य खत्री

बजारको प्रवृत्तिलाई हेर्दा, यसअघिको बजार विश्लेषण सही सावित भएको छ। चौथो चार्टले देखाउँछ कि बजार २६००–२६६० सपोर्ट जोनमा झरेको छ, जुन यसअघि नै विश्लेषणमा उल्लेख गरिएको थियो।

अब बजार सो क्षेत्रमा झरिसकेपछि, यस विन्दुबाट बजारमा पुनः वृद्धि हुने सम्भावना देखिन्छ। यहाँ प्राविधिक जानकारीका आधारमा बजारको वर्तमान अवसरको विश्लेषण गरिएको छ:

पहिलेको बजार विश्लेषण (Previous Market Analysis)

१. रेसिस्टेन्स जोन (Resistance Zone)

बजारले यसअघि ३००० को क्षेत्रमा पहिलो पटक र २८२०–२८६० को क्षेत्रमा दोस्रोपटक प्रतिरोधलाई परीक्षण गरिरहेकाे थियो, जुन पहिलो दोश्रो र तेश्रो चार्टहरुमा देखाइएको छ। उक्त प्रतिरोध क्षेत्रमा सेलिङ्ग प्रेसर आयो र बजार साे स्तरबाट झर्यो, जसले पहिल्यै गरिएको सावधानीलाई सही साबित गर्‍यो।

Fig 1: NEPSE Price Action Analysis (Previous)

२. सपोर्ट लेभलहरूकाे पहिचान (Support Levels Identified)

यसअघि २६००–२६४० स्तरलाई महत्वपूर्ण सपोर्ट लेभलको रूपमा पहिचान गरिएको थियो ,जुन चौथो चार्टमा देखाइएको छ। बजारले उक्त प्रतिरोध क्षेत्रबाट झर्दै यो सपोर्ट लेभलमा आएको छ, जसले विश्लेषणलाई पुष्टि गर्दछ।

Figure 2: NEPSE Price Action Analysis (Previous)

३. बियरिश प्याटर्न (Bearish Pattern)

बजारमा बियरिश प्याटर्नलाई पहिल्यै विश्लेषण गरिएको थियो र त्यही अनुसार सेलिङ्ग प्रेसर देखिँदै बजारले सपोर्ट लेभलसम्मको यात्रा गर्‍यो।

Figure 2: NEPSE Price Action Analysis (Previous)

 

वर्तमान बजार अवस्था Current Market Situation (Based on the last chart Figure 4)

सपोर्ट २६००–२६४० माः बजारले २६००–२६४० सपोर्ट जोनको परीक्षण गरिसकेको छ। यो जोनले खरीदकर्ताहरूलाई समर्थन दिएको छ। यहाँबाट बजारमा पुनः वृद्धि हुने सम्भावना देखिन्छ, जसले व्यापारिक अवसर प्रस्तुत गर्दछ।

भोल्युमको प्रवृत्तिः भर्खरका क्यान्डलहरूमा देखिएको भोल्युमले तलका स्तरमा खरीद बढ्दै गएको संकेत दिन्छ। यदि भोल्युमको साथमा मूल्य पनि बढ्न थाल्छ भने, यो सपोर्ट जोन बलियो रहेको पुष्टि हुनेछ।

सपोर्टमा खरीदः अन्तिम चार्टले २६००–२६४० सपोर्ट जोनमा खरीद गर्न सकिने संकेत गरेको छ र लक्ष्य २८२०–२८६० क्षेत्रसम्मको हुनेछ। बजारको इतिहासलाई हेर्दा, यो स्तरमा बजारले बलियो प्रतिरोध र टेवा पाएको देखिन्छ।

सम्भावित ट्रेन्ड रिभर्सलः यदि बजार पुनः उकालो लाग्छ भने, लगानीकर्तहरूले २८२०–२८६० प्रतिरोध क्षेत्रतर्फको वृद्धि लक्ष्य राख्न सक्नेछन्। त्यसपछि, यदि बजारले २८६० माथि ब्रेक गर्‍यो भने, ३०२०–३०५० क्षेत्रको अर्को लक्ष्य खुल्ने सम्भावना हुन्छ।

Figure 4: NEPSE Price Action Analysis (Current)

बजारको अवसर
प्राविधिक आधारमा लगानी गर्नेहरूको लागि यो विन्दु एउटा महत्वपूर्ण अवसर हो। बजारले महत्त्वपूर्ण सपोर्ट जोनको परीक्षण गरिसकेको छ, जसले विगतमा बलियो सपोर्ट देखाएको थियो। यस विन्दुमा खरीद गर्नेहरूले समर्थन क्षेत्रमा रहेको सम्भावित उकालोबाट फाइदा उठाउन सक्छन्। तर, सपोर्ट लेभल ब्रेक भएमा जोखिम व्यवस्थापन गर्न स्टप–लस राख्न अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

निष्कर्षः

लगानीकर्ताहरूको लागि, यो २६००–२६४० सपोर्ट क्षेत्रमा खरीद गर्ने राम्रो अवसर हो, र छोटो अवधिमा २८२०–२८६० सम्मको लक्ष्य राख्न सकिन्छ। यदि मोमेन्टम जारी रह्यो भने, बजार ३०५० सम्म पुग्न सक्छ। तर, बजारमा खरीद गर्नुभन्दा पहिले भोल्युम, र क्यान्डलस्टिक प्याटर्नको अध्ययन गरेर यसको पुष्टि गर्न आवश्यक छ।

हामी सधैँ प्राविधिक विश्लेषणका विद्यार्थी हौँ र हामीले पछ्याउने प्राविधिक सिद्धान्तहरू हाम्रो मार्गदर्शक प्रकाश हुन्। यी सिद्धान्तहरू हाम्रो रोडम्याप, हाम्रा पथप्रदर्शक गुरु हुन्, जसले हामीलाई जानकारीयुक्त लगानी निर्णय गर्न मद्दत गर्छन्।

‘सत्य अहिलेका लागि विषजस्तै लाग्न सक्छ, तर दीर्घकालका लागि यो अमृत हो। अन्ततः, हामी सबैले सफलता खोजिरहेका छौँ र दीर्घकालीन खुशी पाउन चाहन्छौँ, र त्यो सत्य र इमान्दारिताबाट मात्र पाइन्छ।’

यो प्राविधिक विश्लेषण सरल छ तर बलियो छ र बजारको चाल पहिल्यै गरिएको पूर्वानुमानसँग मेल खान्छ। लगानीकर्ताहरूले बजारलाई नजिकबाट हेर्नुपर्नेछ र सपोर्ट जोनमा खरीदको पुष्टि संकेतहरूको आधारमा कार्य गर्नुपर्नेछ।

मेरोलगानी एआई चार्ट

प्राविधिक विश्लेषणलाई अझ सहज र प्रभावकारी बनाउन मेरोलगानी एआई चार्ट तपाईँको लागि उत्कृष्ट उपकरण हो। यसको मद्दतले बजारका प्रमुख सपोर्ट र रेसिस्टेन्स लेभलहरू, विभिन्न प्राविधिक संकेतहरू र सम्भावित मूल्य उतार चढावहरू सजिलैसँग पत्ता लगाउन सकिन्छ। जोखिम न्यूनिकरणका लागि मेरोलगानी एआई चार्ट प्रयोग गर्नुहोस् र आफ्नो लगानीलाई अर्को स्तरमा पुर्‍याउनुहोस्।

(यो सामग्री केवल शैक्षिक उद्देश्यका लागि प्रस्तुत गरिएको हो। कुनै पनि लगानी निर्णय गर्नु अघि, कृपया आफ्नो वित्तीय परामर्शदाता वा विशेषज्ञसँग सल्लाह गर्नु उपयुक्त हुनेछ। यसमा दिइएका प्राविधिक विश्लेषण र सिफारिसहरूले बजारमा निश्चित लाभको ग्यारेन्टी गर्दैन। लगानी जोखिमयुक्त हुन्छ र उचित अनुसन्धान आवश्यक छ।)




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।