गत साता सामान्य अंक घटेको नेप्से, यस साता के होला?

Nov 27, 2022 06:07 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। अघिल्लो साता १९३६.८३ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.२८ अंक घटेर १९३३.५५ विन्दुमा झरेको थियो।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये पनि २ दिन नेप्से परिसूचक घटेको छ भने १ दिन बढेर बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिमा नेप्से ओरालो लागेपनि अन्तिम समयमा भने बढेर बन्द भएको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले गत साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको छ। यो २० दिने औषत भोल्यूमभन्दा ०.५६ प्रतिशत बढी हो। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ९ करोड रुपैयाँ रहेको छ।

उत्पादन तथा प्रशोधन उपसमूह

गत साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको थियो भने बाँकी ८ उपसमूहको परिसूचक घटेको थियो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत बढेको छ। अघिल्लो साता ५१०८.४० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ६१.३८ अंक बढेर ५१६९.७८ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४७५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको परिसूचकले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।