गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Oct 16, 2022 05:52 AM Merolagani



गत साता अर्थात दशैं पछिको पहिलो साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। दशैं अघिको साता १८५३.७६ विन्दुमा बन्द भएको नेप्से, गत साता १६.८७ अंक बढेर १८७०.६३ विन्दुमा बन्द भएको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साताको पहिलो कारोबार दिन र अन्तिम दुई कारोबार दिन नेप्से उकालो लागेको थियो।

यस अनुसार यस साता नेप्स परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिन इएमएभन्दा तल रहको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिनमा यी दुई बीचको दूरी घटेका छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्नेछ।

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश पिनबार मैनबत्ती बनाएको छ। जसले समग्रमा गत साता खरिदकर्ताहरु कमजोर रहको संकेत गर्दछ। यद्यपि, साताका अन्तिम तीन कारोबार दिनमा बनेका मैनबत्तीहरुले भने बिक्रीकर्ताहरु घट्दै गएको संकेत गर्दछ।

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता दैनिक औषतमा ७५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ९४ करोड ८९ लाख रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २०.६९ प्रतिशत कम हो।

वित्त उपसमूह

गत साता १३ उपसमूहमध्ये १ उपसमूहको मात्र परिसूचक घटेको छ भने १२ उपसमूहको परिसूचक उकालो लागेको छ। गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९६ प्रतिशत बढेको छ।

दशैं अघि १५०८.५५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता ७४.७८ अंक बढेर १५८३.३३ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १८०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी ओरालो लागेमा भने १४०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता सो उपसमूहको ५ दिने इएमए, २० दिन इएमएभन्दा तल रहको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिनमा यी दुई बीचको दूरी घटेका छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ जसले आगामी दिनमा यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्नेछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।