गत साता ७८ अंक बढेको नेप्से, यस साता के होला?

Nov 06, 2022 05:49 AM Merolagani



गत साता नेप्से परिसूचक ७८.०२ अंक बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन र गत साताको ४ कारोबार दिन गरी ५ कारोबार दिनमा नेप्सेले सो बराबरको अंक कमाएको हो।

तिहार अघिको अन्तिम बिहीबार १८४४.१४ विन्दुमा बन्द भएको नेप्से, गत साताको बिहीबार १९२२.१६ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेमा गोल्डेन क्रशओभर बनेको छ। नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश मैनबत्ती बनाएको छ। जसले सो साता खरिदकर्ताहरु बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ७७ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४०.८८ प्रतिशत बढी हो। नेप्सेको वृद्धिसँगै भोल्यूम पनि बढ्नुलाई लगानीकर्ताले राम्रो मान्दछन्।

जीवन बीमा उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २९५.८६ अंक बढेको छ।

गत साता यस उपसमूहको परिसूचक ८९३९.९८ विन्दुमा बन्द भएको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १० हजार विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ८००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहमा पनि गोल्डेन क्रशओभर देखिएको छ। गत बुधबार ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको छ। यसले यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहमा डोजी मैनबत्ती बनेको छ। जसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा तयार गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।