सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Nov 25, 2025 11:08 AM Merolagani



मंसिर ९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।