सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Nov 25, 2025 11:08 AM Merolagani



मंसिर ९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।