सुन र चाँदी दुवैको मूल्य बढ्यो

Feb 26, 2026 10:55 AM Merolagani



फागुन १४ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँले कारोबार भईरहेको छ । बुधबारको बजार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।