साताभर सुनको मूल्य २९०० ले बढ्यो, मध्यपूर्वकाे युद्धले सुनको मूल्यमा असर नगरेकै हाे?

Apr 11, 2026 05:46 AM Merolagani



पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत्र २० गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तर, त्यसको एक हप्तापछि अर्थात चैत्र २७ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य सातामै २ हजार ९०० रुपैयाँले बढेको हो । विगतका हप्तामा भन्दा सुनको मूल्य सामान्य बढेको सुन व्यवसायीहरु बताउँछन् ।

महासंघका अनुसार, चैत्र २२ गते आइतबार सुन मूल्य स्थिर रह्यो । त्यस्तै, चैत्र २३ गते सोमबार सुन प्रतितोलामा २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

त्यस्तै, चैत्र २४ गते मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चैत्र २५ गते सुनको मूल्य प्रतितोलामा ७ हजार २०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी, गत चैत्र २६ गते बिहीबार सुन प्रतितोलामा ४ हजार २०० रुपैयाँले घटेर त्यस दिन २ लाख ९४ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । त्यस्तैगरी, चैत २७ गते भने सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

सुनको व्यवायीका अनुसार, मध्यपूर्वी क्षेत्रका युद्धले सुनको मूल्यमा त्यति असर नगरेको बताउँछन् । यसअघि सुनको मूल्य ३ लाख नाघेको थियो । तर, पछिल्ला साताहरुमा सुनको मूल्य औसत नै रहेको देखिन्छ ।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।