सुनको मूल्य घट्यो, चाँदीकाे भने बढ्यो

Feb 27, 2026 11:01 AM Merolagani



फागुन १५ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतीतोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ७४० रुपैयाँले कारोबार भईरहेको छ । बिहीबारको बजार चाँदी तोलाको ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।