सुनको मूल्य तीन लाख माथि पुग्याे

Apr 15, 2026 10:52 AM Merolagani



बैंशाख २ गते, बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।