सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

Apr 16, 2026 10:54 AM Merolagani



नेपाली बजारमा बिहीबार पनि सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य तीन लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।