सुनकाे मूल्य स्थिर, चाँदीको भने बढ्यो

Feb 25, 2026 10:56 AM Merolagani



पुस १३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा घटबढ भएन । यस दिन सुन मंगलबार कायम मूल्यमा नै खरिदबिक्री हुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यस्ताे सुन साेही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँले कारोबार भईरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।