गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 13, 2022 05:52 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन १९२२.१६ विन्दुमा बन्द भएको नेप्से, गत साता २८.४६ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै, नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो कारोबार दिनबाहेक बाँकी ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा १६०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा भने २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ। यसले सो दिन बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले लामो टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिको सुरुमा शेयरमूल्य बढेको भएपनि अन्तिम समयमा घटेर बन्द भएको संकेत गर्दछ।

गत साता नेप्से ओरालो लागेपनि भोल्यूम भने बढेको छ। गत साता नेप्सेको दैनिक औषतमा १ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ९५ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमभन्दा दैनिक औषत भोल्यूम ५१.६१ प्रतिशत बढी हो।

लगानी उपसमूह

यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत घटेको छ। अघिल्लो साता ५७.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १.५९ अंक घटेर ५६.३६ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ७० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको छ। यो डेड क्रशओभर हो। यसले आगामी दिनमा यस उपसमूहको परिसूचक घट्ने संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन गर्न आवश्यक छ।)




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।