गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, आगामी दिनमा के होला?

Oct 23, 2022 06:05 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ। कारोबार भएका ४ दिन नै बजार नकारात्मक भएर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंक गुमाएको हो।

गत साता नेप्से १.४२ प्रतिशत घटेको हो। अघिल्लो साता १८७०.६३ विन्दुमा बन्द भएको नेप्से, गत साता २६.४९ अंक घटेर १८४४.१४ विन्दुमा झरेको छ।

यस अनुसार आगामी दिनमा नेप्से उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ, जसले सो साता बजारमा खरिदकर्ताहरु कमजोर भएको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले डोजी मैनबत्ती बनाएको छ। जसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूम पनि कमजोर रहेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ६१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ८९ करोड ५१ लाख रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३१ प्रतिशत कम हो।

बैंकिङ्ग उपसमूह

१३ उपसमूहमध्ये गत साता २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। गत साता होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ। यी दुई उपसमूहको परिसूचक क्रमशः १.१० प्रतिशत र ०.१४ प्रतिशत बढेको छ।

अघिल्लो साता १३०८.२९ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक गत साता १.८८ अंक बढेर १३१०.१७ विन्दुमा पुगेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिन इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।