नेप्से परिसूचकः प्राविधिक विश्लेषण र एलियट वेभ प्रयोगबाट आगामी दिनको एक झलक

Sep 06, 2024 05:50 PM Merolagani



सूर्य खत्री

पछिल्लो समय नेप्से परिसूचक विशेष चासोको विषय बनेको छ। मूल्यमा भएको उतारचढावले धेरै प्राविधिक विश्लेषकहरुलाई सम्भावित प्याटर्न र सुधारात्मक व्यवहारमा गहिरिएर अध्ययन गर्न अहिलेको बजारले उत्साहित गरेको छ।

 

प्राविधिक विश्लेषणको एक उपकारण एलियट वेभको सिद्धान्त(Elliott Wave Theory) मा आधारित रहि यस लेखले हाल बजारको अवस्था कस्तो छ? र आगामी दिनमा के कस्तो हुन सक्छ? भन्ने सम्भावित परिदृश्य प्रदान गर्ने कोसिस गर्दछ।

NEPSE Potential Movement Analysis using Elliott Wave Theory

बजारको हालको अवस्था (Understanding the Current Market Position)

हालको परिदृश्यलाई अध्ययन गर्दा, नेप्से परिसूचक अहिले चौथो वेभको करेक्टिभ फेजमा रहेको छ। एलियट वेभ थ्योरीको आधारमा, बजार एक अनुमान गर्न सकिने वेभ संरचनामा चल्दछः प्राइमरी ट्रेण्डको दिशामा इम्पल्सिभ वेभ(Impulsive Wave)हरु (१, ३, ५) र ट्रेण्डको विपरित करेक्टिभ वेभ (Corrective Wave) हरु (२, ४) । अहिले बजारले चौथो वेभ (4th Wave) अथवा करेक्सनको अन्तिम चरण पार गर्न लागेको देखिन्छ। जुन सामान्यतया कठिन र गहिरो करेक्सन हुने गर्दछ।

चौथो वेभका लागि दुई सम्भावित परिदृश्य

१. जिगज्याग करेक्सन सहितको चौथो वेभ (Wave 4 as a Zigzag Correction)


यस परिदृश्यमा, अहिले भइरहेको करेक्सनले जिगज्याग प्याटर्न अनुशरण गर्न सक्छ। जिगज्याग करेक्सनमा ए, बी र सी (A-B-C) गरी तीन चरण हुन्छन्, जहाँ ए र सी (A and C) सामान्यतया एकै दिशामा अघि बढ्छन् र बराबर हुने गर्छन् । यदि यो प्यार्टन अनुसार करेक्सन भएमा नेप्से केही तल झर्न सक्छ। सम्भवतः २६८० देखि २६०० को पहिलो सपोर्ट जोन सम्म झर्न सक्छ। जुन अहिलेको विन्दुबाट एकदमै नजिकको सूचक हो।

यस्तो करेक्सनलाई सम्भावित लगानी गर्ने मौकाको रुपमा पनि हेरिनु पर्छ। जब बजारमा करेक्सन हुन्छ, यसले प्रायः अर्को इम्पल्सिभ वेभका लागि आधार तयार पार्दछ, जुन यो अवस्थामा पाँचौ वेभ (5th Wave), एक बलियो बुलिश चरण हुन सक्छ। हाल बजारमा विभिन्न माध्यबाट वेस सी (Wave C) को नाममा आतंक फैलाउने र लगानीकर्तालाई त्रसित बनाउने कार्य भएको देखिन्छ। तर एलियट वेभ थ्योरी अनुसार हालको चौथो वेभ अन्तर्गतको करेक्टिभ फेज अन्तिम चरणमा रहेको र यस भित्रको इन्टर्नल संरचना ए र बी पूर्ण भई सी वेभको पनि अन्तिम चरणमा आइपुगिसकेको अवस्था छ। यस प्रकारको अवस्थालाई एउटा लगानी गर्ने मौकाको रुपमा हेरिनुपर्नेमा तथाकथित विज्ञहरुले वेभ सी आतंक फैलाई लगानीकर्ताको माझ भ्रम सिर्जना गरिरहेको देखिन्छ । यस्तो आतंकबाट क्रसित हुर्न पर्ने कुनै कारण देखिदैन ।

२. ट्रंकेशन अफ वेभ सी (Truncation of Wave C)

Truncatedयदि यस प्यार्टनअनुसार वेभ सी फर्मेशन भएमा वेभ सी(Wave C), वेभ ए(Wave A) को न्यून विन्दुभन्दा तल नजाने देखिन्छ । यस प्यार्टनअनुसार बजार अहिलेको टेवा क्षेत्र २६०० देखि २६८० को क्षेत्रबाट नै रिभर्स भई सकेको देख्न सकिन्छ।
यस्तो अवस्थामा, करेक्टिभ चरणलाई अन्त्य गर्दै र अपवार्ड ट्रेण्डलाई पुनः निरन्तरता दिन अर्को इम्पल्सिभ वेभ(Impulsive Wave) अर्थात पाँचौ वेभ(5th Wave) अहिले नै सुरु भइसकेकाे हुन सक्छ।

यसरी धितोपत्र बजारको अन्वेषण गर्दा र प्राविधिक विश्लेषणको गहिराइसम्म पुग्दा, सहि उपकरणको उचित प्रयोगले धेरै फाइदा दिन सक्छ। त्यसैले, यस्तो अवस्थामा लगानीकाे निर्णय लिन मेरोलगानी एआई चार्ट एउटा भरपर्दो साथी हुन सक्छ।

मेरोलगानी एआई चार्टको सहयोगले तपाईले प्राविधिक विश्लेषणलाई स्वचालित गर्न र बजारको ट्रेण्डबारे सहि धारणा बनाउन सक्नुहुनेछ, जसले तपाईलाई लगानीको निर्णयमा स्मार्ट बन्न सहयोग गर्नेछ।

Figure 3


 

मेरोलगानी एआई चार्टमा निम्न विशेषताहरु पाउन सकिन्छः

  • रियल टाइम चार्ट प्याटर्नः एलियट वेभ, टेवा तथा प्रतिराेध क्षेत्र र अन्य प्रमुख प्याटर्नहरुलाई चिन्न सकिनेछ जसले तपाईलाई सही समयमा सही निर्णय लिन सहयोग गर्नेछ।
  • एआईको सिग्नलः पुराना डाटा तथा नयाँ एल्गोरिदमहरुमा आधारित बाई अथवा सेल सिग्नल पाउन सक्नुहुन्छ जसले तपाईँलाई बजारमा सँधै अगाडि रहन सहयोग पुग्दछ।
  • धेरै सूचकहरुः आरएसआई, एमएसिडी, मुभिङ्ग एभरेज जस्ता धेरै उपकरणमा पहुँच र सजिलै चलाउन सकिने।

ध्यान दिनु पर्ने कुराहरु
तल दिइएका लेभलहरुले आगामी दिनमा बजारको दिशा निर्धारण गर्दछः

पहिलो टेवा (२६८० देखि २६०० सम्म)- यदि नेप्सेले यस क्षेत्रमा टेवा पाएमा, यसले चौथो वेभको करेक्सन अन्त्य भएको र पाँचौ वेभ सुरु हुने संकेत गर्दछ।

दोस्रो टेवा (२६०० देखि २५०० सम्म)- ठूलो करेक्सनमा, यो क्षेत्रले अर्को प्रमुख खरिद क्षेत्रको रुपमा काम गर्नेछ।

पहिलो प्रतिरोध (२९०० देखि २८७५ सम्म)- आगामी दिनमा नेप्सेले यस क्षेत्रलाई तोडेमा अर्को नयाँ इम्पल्सिभ वेभ सुरु हुने पक्का गर्नेछ।

दोस्रो प्रतिरोध (३०१५ देखि ३०५० सम्म)- थप बुलिश टार्गेट, यदि बजारले यसलाई तोडेर उकालो लागेमा पाँचौ वेभ बलियो रहेको जनाउनेछ।

बुलिश परिदृश्यः पाँचौ वेभको सुरुवात

यदि बजारले २६०० देखि २६८० को टेवा क्षेत्रमा आधार बनाएमा, हामीले पाँचौ वेभ (5th Wave)को सुरुवात भएको देख्न सक्छौँ, जसले ठूलो अपट्रेण्डको अन्तिम स्टम्भ अंकित गर्नेछ। फिबोनाची एक्सटेन्सनको प्रयोग गरेर, अर्को सम्भावित टार्गेट ३२८९ विन्दु हुन सक्छ, जुन पछिल्लो वेभको १.६१८ फिबोनाची एक्सटेन्सन हो। यो कदम नयाँ खरिद इच्छा र आशावादबाट सञ्चालित एक बलियो बजार र्यालीको संकेत हुनसक्छ।

बियरिश परिदृश्यः थप करेक्सन

यसको विपरित, यदि बजार पहिलाे टेवा क्षेत्र तोडेर तल झर्यो भने यसले करेक्सन चरणलाई लम्ब्याउन सक्छ र सम्भवतः दाेस्राे टेवा क्षेत्र (२६०० देखि २५०० सम्मको क्षेत्र) सम्म झर्न सक्छ। यस्तो अवस्थामा बजार लामो समयसम्म घट्दो क्रममा रहेपनि यसलाई नकारात्मक रुपमा भने हेर्नु हुँदैन। यस्तो थप करेक्सनले आगामी दिनमा आउने इम्पल्सिभ वेभका लागि लगानीकर्ताहरुलाई अन्तिम खरिद मौका दिन सक्छ।

 

निष्कर्षः दुबै परिदृश्यहरुको तयारी

बजार अहिले करेक्सनको चरणमा रहँदै गर्दा, यो प्यानिकको कारण हुनु भएन। करेक्सन बजार चक्रको प्राकृतिक हिस्सा हो र प्रायः करेक्सनपछि बलियो र्याली सुरु हुन्छ। चौथो वेभ करेक्सनले २६०० देखि २६८० को क्षेत्रमा टेवा पाएपनि अथवा निरन्तरता दिएपनि, दुबै परिदृश्यमा ट्रेडर र इन्भेष्टरका लागि उत्कृष्ट मौका प्राप्त गर्न सक्नेछन्।
सारंशः

बुलिश परिदृश्यः यदि बजारले टेवा पायो र फर्कियो भने, पाँचौ वेभ ३२०० प्लस हुन्छ भन्ने अपेक्षा गर्न सकिनेछ।

बियरिश परिदृश्यः यदि बजार हालको टेवा क्षेत्रभन्दा तल झर्यो भने, २५०० को आसपासमा अन्तिम करेक्सनका लागि कुर्नुहोस्, जहाँ अर्को र्यालीको लागि एकुमुलेट गर्ने पर्याप्त मौका पाउन सकिनेछ।

सँधै जसो, इन्भेष्टरहरुलाई बजार सिग्नलहरुका लागि सतर्क रहन र जस्तोसुकै परिदृश्यमा पनि पूँजीकरण गर्न तयार रहनका लागि प्रोत्साहित गरिन्छ। प्राविधिक विश्लेषणलाई बुझेर र एलियट वेभ थ्योरी जस्ता उपकरणलाई प्रयोग गरेर ट्रेडरहरुले बजारको दिशा अनुमान लगाउन र राम्रो निर्णय लिन सक्नेछन्।

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।