तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 30, 2025 06:29 AM Merolagani



कात्तिक १३ गते, बिहीबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन ग्लोबल आइएमई बैंक (GBIME), गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोली अर्थात कात्तिक १४ गते बुकक्लोज गर्दैछ भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

गुराँस लघुवित्त (GLBSL) ले कात्तिक २३ गते, आइतबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको मुक्तिनाथ कृषि कम्पनी (MKCL) ले सो प्रस्तावहरु पारित गर्न कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

ग्लोबल आइएमई बैंकले भने कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।