सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो

Sep 15, 2024 10:46 AM Merolagani



भदौ ३० गते, आइतबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, यस दिन सो रेकर्ड तोडेर अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात शुक्रबार, तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।