आज सुन र चाँदीको मूल्य कति?

Oct 03, 2024 11:17 AM Merolagani



असोज १७ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार तोलामा ८०० रुपैयाँ बढेको सुनको मूल्य, यस दिन प्रतितोला १०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलाको १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९५० रुपैयाँ पुगेको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।