सुन र चाँदीको मूल्य बढ्यो

Nov 27, 2024 10:56 AM Merolagani



मंसिर १२ गते, बुधबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य १० रुपैयाँले बढेकोे छ । चाँदी यस दिन प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला एक हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।