सुन र चाँदीको मूल्य बढ्यो

Nov 27, 2024 10:56 AM Merolagani



मंसिर १२ गते, बुधबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य १० रुपैयाँले बढेकोे छ । चाँदी यस दिन प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला एक हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।