सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Sep 10, 2026 11:17 AM Merolagani



नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।