सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Sep 06, 2026 10:59 AM Merolagani



भदौ २१ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला तीन हजार १०० रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।