सुनचाँदी दुवैको मूल्य बढ्यो

Sep 08, 2026 10:48 AM Merolagani



भदौ २३ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदी तोलाको १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।