सुन चाँदीको मूल्यमा भारी गिरावट

Sep 02, 2026 11:13 AM Merolagani



भदौ १७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य एकै दिन भारि गिरावट भएर तीन लाख भन्दा तल झरेको हो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।