सुनको मूल्यमा सामान्य गिरावट, चाँदी पनि सस्तियो

Aug 25, 2026 10:47 AM Merolagani



भदाै ९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।