चर्किन थाल्यो ग्यासको अभाव, हेर्नुहाेस् साल्ट ट्रेडिङमा भीड

Aug 31, 2026 01:20 PM merolagani



पछिल्ला दिनमा खाना पकाउने ग्यासको अभाव पुनः चर्किन थालेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत  कृष्णभीरमा सडक भासिएपछि ग्यासका बुलेट आउन छाडेकाले काठमाडौं उपत्यकामा ग्यासको अभाव चुलिएको हो ।

यसअघि देखिएकाे अभाव कायमै छ।  पछिल्लो पटक बाढीका कारण सडक भासिएपछि अभाव झनै बढेको हो । आम उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन छोडेको गुनासो गर्न थालेका छन् ।1000

सडक भासिएपछि भदौ १३ गते यता कुनै पनि ग्यासको बुलेट काठमाडौं उपत्यकामा नआएको र वैकल्पिक माध्यमबाट ल्याउने योजना बनाइरहेको नेपाल आयल निमगले जनाएको छ ।

यता, लामो समयपछि साल्ट ट्रेडिङ कर्पोरेसन(एसटीसी)को ग्यास आइतबार आएको थियो । आम उपभोक्ताले सोमबारदेखि ग्यास पाउने आशामा लाइनमा छन् । कर्पोरेसनकाे केन्द्रीय कार्यालयमा ग्यास लिन आउने उपभोक्ताको लामो लाइन र भीड देख्न सकिन्छ ।

भदौ १० गतेसम्म लिएको टोकनको बल्ल पालो आएर ग्यास पाएको एक उपभोक्ताले मेरो लगानीसँग बताए ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।