सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Aug 26, 2026 11:03 AM Merolagani



भदौ १० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।