सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM Merolagani



कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।

तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सो दिनको तुलनामा यस दिन यस्तो सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।