सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM Merolagani



कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।

तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सो दिनको तुलनामा यस दिन यस्तो सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।

यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ थियो।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।