सुन र चाँदी दुबैको मूल्य घट्यो

Oct 09, 2024 11:02 AM Merolagani



असोज २३ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँ घटेको छ।

अघिल्लो दिन अर्थात मंगलबार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।