निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

Sep 23, 2024 10:57 AM Merolagani



सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । साेमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्यले एकपछि अर्को रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।