७ पटकको १ सय भन्दा बढीको उतारचढावमा २ पटक बजार घटेको र ५ पटक बढेको छ। ५ पटकको बजार बढाईमा ३ पटक दोहोरो अंकले बजार घटेको छ भने दुई पटक सामान्य अंकले बढेको छ। १ सय भन्दा बढी अंकको दुई पटकको घटाईमा भने एक पटक भोलिपल्टको कारोबार १ सयभन्दा बढी अंकले नै बढेको छ भने अर्को एक सय अंकको गिरावट सामान्य अंकले मात्रै बजार हरियो भएको तथ्यांक छ।
कांंग्रेस र एमाले मिलेर सरकार गठन भएपछि एक महिनाको छोटो समयमै नेप्से परिसूचक लगातार बढेर २ हजारको हाराहारीबाट लगातार बढेर ३ हजारको विन्दुमा पुगेको थियो। साउन महिनाभरि हरियो भएको बजारले भदौ लागेपछि भने रातो झन्डा देखाउन थालेको थियो भने असोजको मध्य विन्दु अर्थात असोज १३ गतेसम्म पुग्दा ५ सय भन्दा बढी अकले भनेर २४ सय ६४ को विन्दुसम्म नेप्से सूचक ओर्लियो।
३ हजारबाट नेप्से झरेर २५ भन्दा मुनि आउँदै गर्दा अहिलेसम्म दुई पटक १ सय भन्दा बढी अंकले बढेर नेप्से माथिल्लो विन्दुतिर फर्किन खोजेको देखिन्छ। भदौको १ गते ५३.६४ अंकले घटेर २६८६ सम्म पुगेको नेप्से परिसूचक त्यसको भोलिपल्ट भने १२७.३२ अंकले बढेर २८२३.२५ विन्दु कायम भएको थियो। लामो लामो रातो क्यान्डल बनाएर झरिरहेको बेला अकस्मात बजार थालेपछि बजार पुनः लयमा फर्किएको रुपमा बुझेपनि त्यसपछिको बजार भने ६.९५ अंकले सकारात्मक नै भएर बन्द भयो यद्यपि त्यो दिन डोजी टाइपको रेड क्यान्डल बनाएको थियो जसले न बाई र न सेलको संकेत गर्दथ्यो। नेप्सेले सेन्चुरी मारेको तेस्रो दिनबाट भने पुनः बजारले झर्ने यात्रालाई निरन्तरता दिएको थियो। बीच बीचमा सानो सानो ग्रीन क्यान्डल बनेपछि त्यसपछि भने एकैपटक मंगलबार बजारले एकैपटक ११४.७० अंकको ठूलो ग्रीन क्यान्डल र ठूलो भोल्युम सहित बढेको हो। १ सय भन्दा बढीको सेन्चुरीले नेप्से उकालो लाग्नु अघि कारोबार रकम ४ अर्ब रुपैयाँ भन्दा कम पुगिसकेको थियो भने मंगलबार कारोबार रकम समेत बढेर ७ अर्ब ६१ करोड पुगेको छ।
यो भन्दा अगाडिको १ सय अंक भन्दा बढीले बढ्दा दोस्रो कारोबार दिन झिनो अंकले भए पनि बढेको भएर आगामी दिनमा समेत बढ्ने अपेक्षा गर्न सकिन्छ। लगानीकर्ताहरुले दशैं अगाडि ५ कारोबार दिन मात्रै रहेका कारण सेलिङ प्रेसर कम हुने प्रक्षेपण गरिहेका छन्। केही लगानीकर्ता भने दशैंको खर्च निकाल्ने राम्रो मौका भएको र अबका केही दिन बजार हरियो भएमा बजारबाट बाहिरिने बताउन थालेका छन्। जेसुकै अवस्था भए पनि फुलपातीको अगाडिको दुई कारोबार दिन बेच्ने लगानीकर्ताको खातामा बेचेको रकम नपुग्ने हुँदा शेयरको सप्लाई कम हुने आँकलनका साथ आगामी दिनमा बजार बढ्ने नै बताइरहेका छन्।
बजार बढ्दा मात्रै होइन, बजार ठूलो अंकले घट्दा पनि भोलिपल्टको बजारले सामान्य मात्रै प्रतिक्रिया दिएको देखिन्छ। अगष्ट २७ मा बजार १११.९६ अंकले घटे पनि त्यसको भोलिपल्टको कारोबार ३.८० को झिनो अंकले बढेर बन्द भएको छ। त्यसैगरी अगष्ट ७ मा पनि बजारले १ सय ८ दशमलब ३८ विन्दुकाे फराकिलो अंकले बढेर बढ्दा त्यसको भोलिपल्ट सामान्य ६.७० अंकले मात्रै बढेको देखिन्छ।
२ हजारबाट ३ हजारतिर उक्लिदै गर्दा बजारले अगष्ट ६ मा १ सय ४५ दशमलब ०५ अंकको गिरावट आएको थियो। संघीय संसदमा सांसदले शेयर बजार अस्वभाविक तवरले बढेको कुरा उठेपछि त्यो दिन बजार ठूलो अंकले घटेको थियो तर त्यसलाई भोलिपल्टको बजारले सामान्य रुपमा लिइदियो। भोलिपल्ट बजार १ सय ८ दशमलब ३५ अंकले बढेको थियो।
त्यसभन्दा अगाडि अगाडि बजार बढ्ने क्रममै रहेको बेला जुलाई २८ मा बजारले १ ससय १३.४२ अंकको वृद्धि भएको थियो त्यसको भोलिपल्टका बजार २०.४६ अंकले घटेर बन्द भएको थियो।
सन् २०२४ को मार्च ४ मा पनि बजार १ सय १७ दशमलब ७० अंकले बढेकोमा त्यसको भोलिपल्ट ७० दशमलब ३१ अंकले घटेर बन्द भयो। त्यसैगरी सन् २०२३ को अक्टोबर १२ मा बजार १ सय ११ दशमलब २० अंकले बढेकोमा त्यसको भोलिपल्ट १५.४० अंकले मात्रै बजार घटेको थियो।