सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कति पुग्याे मूल्य?

Oct 16, 2024 11:10 AM Merolagani



असोज ३० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ । सुनकाे याे मूल्य हालस्ममकै उच्च हाे।यसअघि असोज १८ गते सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे । साे दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा काराेबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।