बेलायत जादै गरेका हर्क साम्पाङले उपप्रमुखलाई कार्यवाहक दिएनन्, शर्तसहित दिए वडा अध्यक्षलाई

Oct 15, 2024 01:11 PM Merolagani



धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजदेखि वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जादै गरेका साम्पाङले उपमहानगरपालिका उपप्रमुख हुँदाहुँदै वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् भने फागु नम्बर ११ का वडा अध्यक्ष हुन् ।

मेयर साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । साम्पाङले वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कार्यवाहक जिम्मेवारी दिएका हुन् । उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेका छन् ।

साम्पाङले पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँमात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

 




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।