सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

Oct 14, 2024 06:42 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जले सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) )को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २९ गते बुकक्लोज गर्दैछ। यद्यपि, दशैँ बिदाका कारण बुकक्लोज अघिको अन्तिम कारोबार दिन असोज २३ गते रहेकोले नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४३ रुपैयाँ २७ पैसा कायम भएको छ। नेप्सेले असोज २३ गतेको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। असोज २३ गते दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर भोली मंगलबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

सिटिजन्स बैंकले कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus

सानिमा बैंकले घोषणा गर्यो लाभांश

Oct 09, 2024 10:17 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।