७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2024 09:25 AM Merolagani



पुस १४ गते, आइतबार, ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

कृषि विकास बैंक (ADBL) ले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले पुस २७ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

महालक्ष्मी विकास बैंक (MLBL) ले पुस २९ गते, सोमबार, एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले पुस २९ गते सोमबार, होटल सामना प्रा.लि. को सभाहल, मकवानपुर, हेटौडामा २३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले पुस २८ गते केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। सभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था (ANLB) ले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।