एचआईडिसिएल, सर्वोत्तमसहित यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 26, 2024 07:14 AM Merolagani



पुस ११ गते, बिहीबार, ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज एचआईडिसिएल, सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (पुस १२ गते) बुकक्लोज गर्दैछन् भने सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले भने पुस १४ गते आइतबार बुकक्लोज गर्दैछन्। यस अनुसार आज यी ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

एचआइडिसिएल (HIDCL) ले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै, सर्वोत्तम सिमेन्ट (SARBTM) ले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

ग्रीन भेन्चर्स लिमिटेड (GVL) ले पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सिद्धार्थ बैंक लिमिटेड (SBL) ले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।