साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत, शिवम् सिमेन्ट्स (SHIVM) को ८.५५ प्रतिशत, सांग्रिंला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत र साना किसान (SKBBL) को १३.३० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लक्ष्मी सनराइजको शेयरमूल्य २२४ रुपैयाँ ७६ पैसा, शिवम सिमेन्ट्सको ५१२ रुपैयाँ २१ पैसा, सांग्रिला (SADBL) को ३७२ रुपैयाँ ४० पैसा, डिप्रोक्सको ७८५ रुपैयाँ ३९ पैसा र साना किसानको ८१४ रुपैयाँ ६५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्ला कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर प्रतिकित्ता २३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने शिवमकाे ५५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यस्तै, सो दिन सांग्रिलाको ३८६ रुपैयाँ, डिप्रोक्स (DDBL) को ८६० रुपैयाँ र साना किसानको ८२३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।