बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस ११ गते बुकक्लोज गर्दैछन्। आज (पुस १० गते) क्रिसमसको उपलक्ष्यमा सार्वजनिक बिदा भएका कारण नेप्सेले हिजो नै यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले मिथिला लघुवित्तको १४.२५ प्रतिशत, आरएसडिसी लघुवित्त (RSDC) को ९.५० प्रतिशत, कुथेली बुखरीको १० प्रतिशत र माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मिथिला लघुवित्तको शेयरमूल्य १ हजार ५०७ रुपैयाँ २२ पैसा कायम भएको छ भने आरएसडिसीको ६७३ रुपैयाँ ६ पैसा कायम भएको छ। त्यस्तै, कुथेली बुखरी (KBSH) को शेयरमूल्य २ हजार ४६२ रुपैयाँ ७३ पैसा कायम भएको छ भने माउन्टेन इनर्जीको ६३३ रुपैयाँ २२ पैसा कायम भएको छ।
नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा मिथिला लघुवित्तको शेयर १ हजार ७२२ रुपैयाँ, आरएसडिसीको ७३७ रुपैयाँ, कुथेली बुखरीको २ हजार ७०९ रुपैयाँ र माउन्टेन इनर्जी (MEN) को ७२८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर भोली यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।